९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

सुनसरी-१ बाट जसपाका अशोक राई विजयी



काठमाण्डौ ।

सुनसरी १ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

सुरुवाती गणनामा तामाङले अग्रता लिँदै आउनुभएकोमा पछि राईले अग्रता लिँदै विजयी हुनुभएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको छ ।

माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ७ : ५२ बजे