वाणगंगा । कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेमा प्रवेश गर्नेको लहर तीव्र बनेको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा जेन–जी युवा देखि विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गर्ने क्रम निरन्तर चलिरहेको छ। निर्वाचनको मौन अवधि सुरु हुन केही घण्टा मात्र बाँकी रहँदासमेत पार्टी प्रवेशको क्रम नरोकिएको हो।
आज चुनावी प्रचार–प्रसारको अन्तिम दिन बिहानैदेखि सुरु भएको पार्टी प्रवेश कार्यक्रम साँझसम्म पनि जारी रह्यो। बिहान वाणगंगा नगरपालिका–२ बाट सुरु भएको कार्यक्रम वाणगंगा वडा नं ८ हुँदै कपिलवस्तु निर्वाचन क्षेत्र नं १ को दक्षिणी भेगसम्म विस्तार भएको थियो।
युवा नेता विष्णु पन्थी ले दक्षिणी क्षेत्रमा विभिन्न प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराइएको जानकारी मायादेवी अनलाइनलाई दिनुभयो। उहाँका अनुसार विकासका गतिविधी, पार्टीको नीति र स्थायित्वप्रति आकर्षित हुँदै विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा समाहित भइरहेका छन्।
निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले पार्टीबाट केही व्यक्तिहरू बाहिरिए पनि त्यसको भरपर्दो पूर्ति नयाँ प्रवेशीहरूले गरेको बताउनुभयो। विशेषगरी दक्षिणी क्षेत्रमा प्रभावशाली नेताहरूको एमाले प्रवेशले संगठन थप सुदृढ बनेको उहाँको भनाइ छ।
संयोजक शर्माका अनुसार मायादेवी गाउँपालिका–६, रजवापुरबाट महेन्द्रनाथ चोवे सहित एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेपछि कार्यकर्ता थप उत्साहित भएका छन्। उहाँले एमालेले आफ्नो राजनीतिक विरासत जोगाउनेमा कुनै शंका नरहेको दाबी गर्दै बाँकी अवधिमा मत सुरक्षित राख्न सम्पूर्ण कार्यकर्तालाई अपिल गर्नुभयो।
यसैगरी, दक्षिणी क्षेत्रमा अझै पनि विभिन्न दलका नेता–कार्यकर्ताहरू खुलेर नआए पनि एमालेको पक्षमा सहयोग गरिरहेको जानकारी संयोजक शर्माले दिनुभयो। यसले कपिलवस्तुमा एमालेको संगठनात्मक शक्ति थप बलियो बन्दै गएको संकेत गरेको छ।
थप समाचार लिंक पनि https://www.mayadevionline.com/2026/03/170504







प्रतिक्रिया