१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्ड र खाणसँग जनमत पार्टीका सिके राउतको भेट



काठमाण्डौ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गर्नुभएको छ ।

राउतले हिजो बेलुका प्रचण्ड र खाणसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका नेताहरुसँग भेटेर सत्ता गठबन्धनमा सहभागी हुने आशय व्यक्त गर्नुभएको थियो। प्रचण्डलाई भेट्न राउत उहाँकै निवास ललितपुरको खुमलटार पुग्नुभएको थियो ।

खाणसँग पुल्चोकमा रहेको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९ शुक्रबार ००:००  ७ : २७ बजे