८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला



काठमाडौं ।

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला बोलाएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन भनिएको छ।

संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसदलाई जानकारी गराइने उनले बताए।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुने उनले जानकारी दिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले भेलालाई सम्बोधन गर्नेछन्।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कूल ७८ सिट जितेको छ। प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा जितेको छ।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  ८ : ५१ बजे