१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

महन्थ ठाकुर भए लोसपाको संसदीय दलको नेता



काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ।

लोसपा संसदीय दलको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाएको हो।

अध्यक्ष ठाकुर सर्वसम्मतरूपमा बुधबार संसदीय दलको नेता चयन भएको लोसपाका नेता केशव झाले जानकारी दिए।

प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।

लोसपाले मंसिर ४ को चुनावमा सात क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  ८ : १२ बजे