१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा मनाइयो माओ दिवस



मायादेवी अनलाइन, बाणगंगा ।
चिनिया क्रान्तिका नायक माओ सेत्तुङको १ सय ३० औं जन्मजयन्तीको अवसरमा कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

चीनको जनवादी क्रान्तिका नायक माओको जन्मजयन्तीको अवसरमा जिल्लाका माओ विचारधाराका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरि मनाएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) ले संयुक्त रुपमा माओ दिवस मनाएका हुन् ।

कार्यक्रममा माओको योगदान, माओ विचारधाराको अपरिहार्यता, नयाँ जनवाद र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्र्सवादको बिकासमा माओको योगदानको चर्चा गरिएको थियो ।

साथै कार्यक्रमा बोल्ने बक्ताहरुले माओले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको बिषयमा समेत गम्भीर समीक्षा विमर्श गरेका थिए ।

विश्व सर्वहारा वर्गका महान् नेता माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटेरी कमल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मशाल) का नेता हिमलाल वाग्ले, नेकपा (बहुमत) का इन्चार्ज धमिल, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य, माक्र्सवादी ज्ञान् केन्द्र लुम्बिनी प्रदेश सदस्य कोपिल पौडेल लगायतले आ आफ्ना धारणा राखेको नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ६ : ०८ बजे