६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नेतृत्वको अदूरदर्शिताका कारण सत्ताबाट बाहिरिनु पर्‍योः लुम्बिनी कांग्रेस



बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अहिलेको परिस्थिति आउनुमा नेतृत्वको कमजोरी भएको ठहर गरेको छ । सोमबार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समितिको बैठकले यस्तो ठहर गरेको हो । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको सभापतित्वमा बसेको बैठकले नेतृत्वको अदूरदर्शिताका कारण पार्टीले राष्ट्रको बागडोर समाल्ने अवसरबाट वञ्चित भएको ठहर गरेको छ । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

प्रदेश संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि सहमहामन्त्री खगराज पाण्डेको नेतृत्वमा विष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको उपसमिति पनि निर्माण गरेको छ । संसदीय दलको निर्वाचन शपथ ग्रहण लगतै तय हुने लुम्बिनी कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  ७ : ३३ बजे