२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गल्तीको खुला र पारदर्शी छलफल गरौँः गगन/विश्वप्रकाश



काठमाण्डौ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्देश जारी गर्दै उहाँहरुले मंसिर ४ गते सम्पन्न चुनावपछि देशमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको भन्दै पार्टीमा भएका कमजोरीबारे छलफल गर्नुपर्ने बताउनुभएको हो । उहाँहरुले गठबन्धन सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी नपुग्दा ठूलो दल भएर पनि पार्टी प्रतिपक्षमा बस्नु परेको पनि बताउनुभएको छ ।

प्रतिपक्षमा बस्नु पर्दा आक्रोश र असन्तुष्टि स्वाभाविक भएको भन्दै महामन्त्रीद्वय थापा र शर्माले आफ्नो पार्टले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

२०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला निर्वासनबाट स्वदेश फर्कनुभएको थियो । यो दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ४ : ५१ बजे