१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पुरानो गठबन्धनको छलफल सकारात्मक, साँझ फेरि बस्छौँः गगन थापा



काठमाडौं ।
चुनावअघिको गठबन्धनका शीर्ष नेताहरूको बैठक साँझ ५ बजे पुनः बस्ने गरी सकिएको छ । राष्ट्रपति निर्वाचनमा सहमति जुटाउन बसेको बैठक सकेर बाहिरिएका कांग्रेस महामन्त्री गगन थापाले छलफल सकारात्मक रहेको बताए ।

उनले आ–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल भएको नेताहरूले बताएका छन् ।

नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेसले गरेको हो । यसअघि बिहीबार साँझ बसेको माओवादी, एस र जसपाको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने समझदारी गरेकोमा कांग्रेसले एक वर्षे प्रधानमन्त्रीको अफर गरेको हो ।

‘छलफल सकारात्मक छ । साँझ ५ बजे फेरि बैठक बसेर टुंग्याउँछौँ’, थापाले भने । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निर्णायक वार्ता गर्दैछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  १ : ३० बजे