१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राष्ट्रपतिको चुनावी अभियानमा लागे रामचन्द्र, रविसँग पनि भोट मागे



काठमाडौँ ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् ।

उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  १ : ३७ बजे