७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनीका मन्त्री आचार्यको घरमा चोरी



बुटवल ।
लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । गए राति अर्घाखाँचीको सन्धिखर्क, हटारीनेटास्थित उनको निजी निवासमा चोरी भएको हो ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी गरिएको प्रहरीले जनाएको छ । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

के कति चोरियो भन्नेबारे खुल्न बाँकी छ । आफूहरूले घटनाको अनुसन्धान गरिरहेको उनले बताए । ‘के कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ,” प्रनाउ रिजालले भने, “हामीले अनुसन्धान थालेका छौँ ।”

मन्त्री आचार्य अहिले प्रदेश राजधानी भालुबाङमा छन् । उनकी श्रीमती बुटवल आएकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९ बुधबार ००:००  ३ : २४ बजे