६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ



काठमाडौं ।
नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ हुनुभएको छ ।

सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गर्नुभएको हो । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाइ गर्नुभयो ।

राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कात्तिकमा र दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९ सोमबार ००:००  ४ : २८ बजे