४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित



बुटवल।
रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी ९९३ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ५८३ मत पाए । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

नेपाल विद्यार्थी संघका सागर पौडेल तेस्रो स्थानमा छन् । उनले ३९१ मत पाएका छन्। सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, विमलकुमार पासी, सागर

एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले विजयी भएका छन् । सो क्याम्पसमा यसअघिका दुईवटा स्ववियु निर्वाचन विवादका कारण रोकिएका थिए। सो क्याम्पसमा अहिलेसम्म एमाले निकट अनेरास्ववियु नै जित्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ५ : ४१ बजे