१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वडा नं. २ ले दियो व्यवसायिक पशुपालक किसानलाई घाँसको बिउ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ ले व्यवसायिक पशुपालक किसानहरुलाई घाँसको बिउ वितरण गरेको छ ।

सोमबार पिपरा अवस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच किसानहरुलाई घाँसको बिउ वितरण गरिएको हो ।

करिब ५ सय जना किसानहरुलाई घाँसको बिउ वितरण गर्ने लक्ष्य राखेको वडाले सोमबार मात्र एक सय जना बढी किसानलाई वितरण गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले निर्वाहमुखी नभई व्यवसायिक पशुपालक बन्ने दिशातर्फ अघि बढ्न आग्रह गरिन् । वडाले वितरण गरेको घाँसको बिउको किसानहरुले सही सदुपयोग गरेर उत्पादन बढाउने उनले विश्वास व्यक्त गरिन् ।

नगरपालिकाले किसानलाई प्रोत्साहित गर्न विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको बताउँदै उनले किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको जिकीर गरिन् ।

किसानहरुलाई आफ्नो पेशामा टिकाईराख्न वडा नम्बर २ ले उदाहरणीय काम गर्दै आइरहेकोमा उनले खुशी व्यक्त गरिन् । नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उपप्रमुख चौधरीको भनाई छ ।

बाणगंगा नगरपालिकाका पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले उत्पादन बढाउन घाँसमा आधारित पशुपालन गर्नुपर्ने बताए । बाणगंगा नगरपालिका दूधमा आत्मनिर्भर हुने दिशातर्फ उन्मुख रहेको बताउँदै उनले दूध वितरणमा कुनै समस्या नरहेको दाबी गरे ।

आर्थिक बर्ष २०७९/८० को कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत किसानहरुलाई घाँसको बिउ वितरण गरिएको बताए । कृषकलाई प्रोत्साहित गरेर स्थानीय सरकार किसानको साथमा छ भन्ने अनुभूति दिलाउन यस्ता कार्यक्रम विगतदेखि गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

वडाध्यक्ष पौडेलले किसानको हक हितमा वडाले निरन्तर योजनावद्ध रुपमा काम गरेको दाबी गरे । व्यवसायिक किसानलाई वडाले प्राथमिकतामा राखेको उनले बताए । वडाबाट अनुदान स्वरुपमा पाएको बिउविजन अन्यलाई दिएको सूचना आफूले प्राप्त गरेको बताउँदै वडाध्यक्ष पौडेलले अबदेखि त्यस्तो नगर्न चेतावनी समेत दिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ६ : २३ बजे