१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



बुटवल ।
बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । कुल ७ हजार १ सय १० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो ।

अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसीले १ हजार २ सय १४ मत पाएर विजयी भए भने निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६ सय ३५ मत पाए । नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मतसहित तेस्रो भए ।

त्यस्तै, सचिव पदमा अनेरास्ववियुका उम्मेदवार निलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल विजयी भएका छन् ।

यस्तै, सदस्य पदमा पनि अनेरास्ववीयुका नवीन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् । बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ६ : ३६ बजे