१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विद्रोह गरी सांसद जितेका पुन माओवादीमै फर्किए



काठमाडौँ ।
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुन नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।

उनले मङ्गलबार लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादीमा प्रवेश गरेको बताएका छन्।

पार्टीले टिकट नदिएपछि पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।

तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए।

उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए। उनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ६ : ४६ बजे