१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अर्घाखाँचीमा धर्मपत्नीसहित केपी ओली, तस्बिरले ततायो सामाजिक सन्जाल



बिष्णु कुमार आले, अर्घाखाँची ।
आफ्नी धर्मपत्नी राधिका शाक्यसंग अर्घाको मसुरपाटा डाँडामा बसेर पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खिचेको तस्बिरले दुई दिनदेखि सामाजिक संजाल तताएको छ ।

नेकपा एमालेले चलाएको देशब्यापी दुई महिने ‘मिसन ग्रासरूट’ अभियान अन्तर्गत लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सन्धिखर्कमा अध्यक्ष ओली पुगेका थिए ।

‘मिसन ग्रासरुट’ बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको सम्बोधन सकेर अर्घा भगवती मन्दिर (अर्घा दरवार) को दर्शन गर्न ओली त्यहाँ पुगेका थिए ।

मन्दीर दर्शन गर्नु अघि मसुरपाटा डाँडाको अवलोकन पछि आफ्नो धर्मपत्नीका साथ ओलीले फोटो खिचाएका थिए ।

ओलीले मसुरपाटा डाँडामा श्रीमतीसंग बसेर आफ्नो औलाको इशारा पश्चिम तर्फ देखाउँदै ओलीका विश्वासपात्र सूर्य थापाले समेत ‘हेर राधिका प्यूठानको सूर्य थापाको घर त्यता पर्छ’ भनेर इशारा गरेका थिए ।

ओलीले आफ्नो फेसबुक वालमा तस्विर पोष्ट गरेपछि तस्बिरले सामाजिक संजाल तताएको हो ।

जिल्लादेखि जिल्ला बाहिरका मिडिया, विभिन्न ब्याक्तिले राधिका शाक्य र केपी ओलीको तस्बिरलाई दुई दिनदेखि ट्रोल बनाउँदै ट्रेन्डिङ्गमा पुर्याएका छन्।

अध्यक्ष ओली अर्घाखाँचीमा एक दिन बसेर सोमबार बिहान मालारानी ४ को लुटीपोखरी, वडा नम्बर ३ को गाउँ पालिकाको कार्यालय, खनदह बजार, वडा नम्बर २ को डाडाँकटेरी र मालारानी १ को छेडाठाटीमा अगुवा नेता तथा कार्यकर्ता भेटघाट गर्दै गुल्मीको तम्घासमा आयोजित मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्न तम्घास पुगेका छन् ।

केही दिन यता ओली लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुमफिरमा छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ६ : ३४ बजे