१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनी प्रदेश राजधानी देउखुरीमा चहलपहल बढ्यो



देउखुरी ।
लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भएलगत्तै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगत्तै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन् ।

सबै कार्यालय संचालन आएलगत्तै सेवाग्राहीको आगमनले भीडभाड बढाएको हो । राजधानी अन्तरगत १२ वटा जिल्लाका बासिन्दा प्रदेशबाट प्राप्त गर्ने सेवा सुविधा लिन प्रदेश राजधानी देउखुरीमा आउन थालेका छन् ।

सेवाग्राही बढेपछि उनीहरुसंगै गाडीहरुको समेत भीडभाड लाग्ने गरेको छ । राजधानीमा भएको चहलपहलसंगै यहाँका होटल व्यवसाय फस्टाउन थालेका छन् ।

सबै मन्त्रालय र कार्यालयहरुमा भीडभाड लाग्ने गरेको देखिन्छ । राजधानी स्थानान्तरणसँगै सबै जसो संञ्चार आवद्ध मिडिया हाउस र प्रदेश स्तरीय संघ–संस्थाहरुले आफ्ना सम्पर्क कार्यालय राजधानी आसपासमा संचालनमा ल्याएका छन् । जसका कारण झनै भीडभाड देखिन थालेको हो । राजधानीमा चहल पहल आएलगत्तै यहाँका होटल व्यवसायीहरु समेत उत्साहित बनेका छन् ।

जताततै आर्थिक मन्दी खेपिरहेका बेला देउखुरीका होटल व्यवसायीहरुमा भने राहतको अनुभूति गर्दै थप आशा पलाएको बताउँछन् । भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश वेल्वासे राजधानी स्थान्त्रणले होटल व्यवसायीहरुमा आशा जगाएको बताउँछन ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ५ : ५९ बजे