१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सबैलाई आश्चर्य बनाउँदै कांग्रेस त्यागेका स्वणिम पसे रास्वपा



काठमाडौं ।
सबैलाई आश्चर्य बनाउँदै नेपाली कांग्रेस त्याग्नु भएका युवा अर्थविद् डा स्वणिम वाग्ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । डा वाग्ले रास्वपाबाट तनहुँ १ मा उपनिर्वाचनमा उठ्ने निश्चित भएको छ ।

मंसिरमा भएको संसदीय निर्वाचनमा रास्वपाले वाग्लेलाई काठमाडौंबाटै उम्मेदवार बनाउन प्रयास गरेको थियो । वाग्ले त्यसबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेर काम गरिरहेको थियो । त्यही कारण उहाँमा त्यसबेला रास्वपाप्रति खास्सै आकर्षण भएन। तर मतगणनामा रास्वपाले उत्साहजनक परिणाम ल्याएपछि बल्ल उहाँको मनस्थिति बदलिएको हो ।

वाग्ले पार्टी परित्याग गर्दै नेताहरुलाई लेखेको सन्देशले कांग्रेसभित्र युवालाई तरंगित बनाएको छ ल्याएको छ । वाग्लेले कांग्रेसमा ‘देउवा९आरजु गिरोहको हेपाई र अपमानमा परेको’ भन्दै तिक्तता पोख्नु भएको छ । यसले कांग्रेस नेतृत्वको छवि धमिल्याएको छ । वाग्लेलाई कांग्रेस देउवाले अवसरै नदिएको भने होइनन् । देउवा प्रधानमन्त्री बन्दा नै वाग्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त हुनुभएको थियो । तर, संसदीय निर्वाचनमा टिकट नपाएपछि वाग्ले नेतृत्वसँग असन्तुष्ट बन्नुभएको हो ।

चितवन १ बाट चुनाव लड्नका लागि वाग्लेले पार्टीमा दरखास्त दिनुभएको थियो । तर कांग्रेसले उहाँलाई पन्छाएर अर्का चर्चित अर्थशास्त्री डा विश्व पौडेललाई उम्मेदवार बनायो । वाग्ले त्यसपछि सभापति देउवासँग रुष्ट हुनुभएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : ४५ बजे