२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर



गुल्मी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुक अहिले आर्थिक रुपले जर्जर अवस्थामा पुगेको बताउनुभएको छ। शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकारसँग कुरा गुर्नुहुँदै शाहीले मुलुकको अर्थतन्त्रको अवस्था कमजोर अवस्थामा पुगेको बताउनुभएको हो।

शरीरमा लगाएको कपडा फेर्न नपाउँदै सरकार परिवर्तन हुनेगरेको बताउँदै अस्थिर सरकारका कारण देश जर्जर अवस्थामा पुगेको बताउनुभयो । देशको अर्थतन्त्र सुधार गर्नेतर्फ सरकारले ध्यान दिन नसकेको उहाँले आरोप लगाउनुभयो ।

धर्मनिरपेक्षता र प्रदेश खारेजीको विषयमा जनताले दिएको रायको पोको खोल्न सदन र सडकमा आफुहरुले आन्दोलन गर्ने उहाँले बताउनुभयो। जनताको अधिकार संविधानमा अझै समेट्न नसकिएको बताउँदै सांसद शाहीले जनताको पक्षमा काम गर्न सबै दलका नेता तयार हुनुपर्ने बताउनुभयो ।

सांसद शाहीले नेपालको संविधान नेपाली माटो सुहाउँदो बन्न नसकेको बताउँदै नेपालको राजनीति अवसरवादीको थलो बनेको टिप्पणी गर्नुभयो । संविधानमा भएको व्यवस्था पनि कार्यान्वयनमा आउन नसकेको उहाँले चर्चा गर्नुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : २५ बजे