७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहन्छः अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नु भएको छ ।

बुधवार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाण्डौमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गर्नु भएको हो ।

उहाँले देशमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशङ्का छ । यसको लामो आयु छैन, कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन् । राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ । देशमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छौँ ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नागरिकको जनादेश अनुसार बनेको र यसले देशलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताउनु भयो ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ६ : ४५ बजे