८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एकीकृत समाजवादी अर्घाखाँचीको बैठक सम्पन्न



अर्घाखाँची ।
नेकपा (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला कमिटीको छैठौं बैठक सन्धिखर्क पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकका प्रमुख अथिति पार्टी पोलिटब्यूरो सदस्य एंव् लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पान्डेले बिद्रोहले लोकतान्त्रिक गणतन्त्र र संबिधानको रक्षा गरेकाले बिद्रोहको पुष्टि भएको बताउनु भयो ।

पूर्व मन्त्री पाण्डेले पार्टी निर्माण सगै पार्टी नेता कार्यकर्तालाई उत्पादन र स्वरोजगारका कार्यक्रम जोडेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

नेकपा एमालेबाट अबको कम्युनिस्ट आन्दोलन अगाडी बढ्न नसक्ने भन्दै नेता पान्डेले समाजवादी मोर्चा बनाएर अगाडी जाने बताउनु भयो ।

बैठकका विशेष अथिति एंव् पार्टी केन्द्रिय नेता तथा पूर्व मन्त्री मेटमणि चौधरीले नेपालि समाजले विकल्प खोजेको भन्दै त्यो विकल्प समाजवादी पार्टी बन्ने बताउनु भयो ।

अब नयाँ बिचार,नयाँ दृस्टिकोण र कार्यक्रम बनायर अगाडी बढ्नु पर्ने भन्दै बिकास र जनताका काम संघ जोडिएर अगाडी बढ्नु पर्ने सांसद चौधरीले बताउनु भयो ।

पार्टीको बैठकमा पालिका अध्यक्ष इन्चार्जले पालिका स्तरिय रिपोर्टिङ गरेका थिए ।

सितगंगा नगर कमिटी अध्यक्ष नारायण बेल्वासे, सन्धिखर्क नगर कमिटी अध्यक्ष बद्री भुसाल, भूमिकास्थान नगर इन्चार्ज झबिलाल भट्टराई, छत्रदेव गाउँ पालिका अध्यक्ष गोपाल पाण्डे, पाणिनी गाउँ पालिका कमिटी अध्यक्ष डेम बहादुर नेपाली, मालारानी गाउँपालिका कमिटी अध्यक्ष हरि बहादुर चौहान लगायतका नेत हरुले रिपोर्टिङ गरेको पार्टीले बताएको छ ।

बैठकमा पार्टी केन्द्रिय सदस्य अर्घाखाँची सह इन्चार्ज पिताम्बर सारु केन्द्रिय कमिटी प्रदेश कमिटी सदस्यहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मनतब्य सचिव युवराज पौडेलको संचालनमा बैठक सम्पन्न भएको समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १७ बैशाख २०८० आइतबार ००:००  ८ : ४८ बजे