१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अब अत्ति भयो, चुप लागेर बस्दिनँः गगन थापा



काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अत्ति भएको भन्दै अब चुप लागेर नबस्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा स्टाटस लेखेर महामन्त्री थापाले पार्टीभित्र एकलौटी बढ्दै गएको र विधि तथा प्रक्रिया मिचिएको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले विभिन्न विषयमा पार्टीको प्रक्रिया र पद्धतिहरु चित्त नबुझे पनि आजसम्म आफू चुप लागेर बसेको तर अब नसहने बताउनुभएको हो ।

आजसम्म पार्टीका निर्णयहरु मन नपर्दा पनि आफ्नो जिम्मेवारी र सीमा सम्झेर मौन रहेको भन्दै अब भने चुप नलाग्ने थापाको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ८ : ०८ बजे