२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

एसईईमा होराइजनका सक्षम सुवेदीले ल्याए ४ जिपिए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका सक्षम सुवेदीले एसइई परीक्षामा ४ जिपिए ल्याएका छन् । बाणगंगास्थित होराइजन अंग्रेजी आवाशीय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएका सुवेदीले उक्त नतिजा ल्याएका हुन् ।

सुवेदीले ल्याएको यो अंक जिल्लामा सर्वोत्कृष्ट हो । एसइईमा सबैभन्दा बढी ४ जिपिए अंक हो । गएको बर्ष पनि यसै विद्यालयबाट एसइईमा सामेल करुण घिमिरेले ४ जिपिए ल्याएका थिए ।

यो बर्ष ४ जिपिए ल्याएका सुवेदी विद्यालयका मेहनती र अब्बल विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल बासुदेव घिमिरेले बताए। लगातार आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीले एसइईमा उत्रिर्ण अंक ल्याएको घिमिरेले बताए ।

होराइजन कपिलवस्तुमै पहिलो (क) वर्गको विद्यालय हुनुका साथै राष्ट्रियस्तरमा विभिन्न विधामा सम्मान पाइसकेको स्कूल हो । होराइजनले यो बर्ष १८ जना ए प्लस, ३० जना ए र ११ जना बि प्लस १ जना बि ग्रेड गरी कुल ६० जनालाई उत्रिर्ण गराउन सफल भएको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०८० शुक्रबार ००:००  १० : ०५ बजे