१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुमा सर्पले डस्दा महिलाको मृत्यु



मायादेवी अनलाइन, तौलिहवा ।
सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षीया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए।

सर्पको टोकाइबाट घाइतेलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उपचारको क्रममा उनको त्यही मृत्यु भएको थियो।

मृतक महिला तथ्याङ्क कार्यालय कपिलवस्तुका पूर्व प्रमुख अनिरुद्ध उपाध्यायकी श्रीमती हुन्। उता वर्षाको मौसमसँगै कपिलवस्तुमा सर्पले टोक्ने क्रम समेत बढेको प्रहरी उपरिक्षक मीन बहादुर घलले बताए।

चालु आर्थिक वर्ष भित्र प्रहरीमा दर्ता भएको घटना अनुसार हालसम्म सर्पको टोकाइबाट १० जनाको मृत्यु भएको छ। जसमध्ये महिला ५, बालक ४ र बालिका एक जना छन् ।

सर्पको टोकाइबाट २१ जना घाइते भएका छन् । जसमध्ये ८ महिला, ९ पुरुष, २ बालक र २ बालिका छन् । ३ वर्ष देखि ८० वर्ष सम्मकालाई सर्पले टोकेको हो।

प्रकाशित मिति : ३१ असार २०८० आइतबार ००:००  ४ : ५६ बजे