१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिवराजको निर्देशनः ७ दिन भित्र व्यवसाय दर्ता गर्न नगरमा आउनू



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिकाले सात दिन भित्र आफ्नो व्यवसाय दर्ता गराउन निर्देशन दिएको छ ।

नगर प्रमुख अजय थापाको नेतृत्वमा नगर क्षेत्र भित्र रहेका उद्योग, व्यवसाय अनुगमन पश्चात यस्तो निर्देशन दिइएको हो ।

नगरको राजश्व शाखाले शिवराज भित्र संचालनमा रहेका उद्योगहरुको अनुगमन गरिएको राजश्व शाखा प्रमुख विपिन खनालले जानकारी दिए ।

शिवराजको क्षेत्र भित्र सय भन्दा बढी साना तथा ठूला उद्योगहरु संचालनमा रहेपनि नगरपालिकाको व्यवसाय तथा उद्योग शाखामा ५० वटा व्यवसायिक पसल मात्र दर्ता छन् ।

अनुगमनका क्रममा व्यापारिक हवको रुपमा रहेको वडा नं. ६ मा उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि अबको ७ दिन भित्र नगरमा आएर पसल दर्ता गर्न नगर प्रमुख थापाले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  ५ : २६ बजे