१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा बाढी पीडितलाई सहयोग



मायादेवी अनलाइन, बाणगंगा ।
गएको साउन ८ गते राति परेको अविरल बर्षाको कारण क्षति पुगेको ठाउँका लागि सिद्धार्थ सामाजिक विकास केन्द्रले आर्थिक सहयोग गरेको छ । उक्त बर्षाले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ र ८ का १ सय ६३ घरमा क्षति गरेको थियो ।

बाढीले श्रमिक बर्गको घरमा क्षति गरेको भन्दै नगरपालिकाको राहत उद्धार कोषमा सिद्धार्थले रु. पचार हजार बराबरको आर्थिक सहयोग गरेको केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरेले बताए ।

बाणगंगा नगरका प्रमुख चक्र अर्यालले सो आर्थिक सहयोग ग्रहण गर्दै बिपतको समयमा सिद्धार्थले गरेको सहयोग प्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  ५ : ४८ बजे