१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युईएफए वर्ष खेलाडीको मनोनयन सार्वजनिक



काठमाडौं ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ ।

तीन जनाको सूची सार्वजनिक गर्दा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् ।

तीन मध्य दुई जना म्यानचेस्टर सिटीका रहेका छन् भने मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् ।

युइएफएले २०२२/२३ मा युरोपियन प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरेको हो ।

खेलाडीलाई प्रतियोगितामा सहभागी क्लबका प्रशिक्षक, युइएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरुले गरेको मतदानका आधारमा अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ ।

क्लब फुटबलमा फ्रान्सको पीएसजीबाट खेलेका मेस्सी अर्जेन्टिनाको कप्तान हुन् । गत वर्ष विश्वकप पनि जिताएका थिए ।

यसैगरी सिटीका हालान्ड र ब्रुएनाले गत सिजन ट्रेबल उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए ।

आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले बर्षको युरोपको उत्कृष्ट खेलाडीको अवार्ड पाउने युइएफएले बताएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८० शुक्रबार ००:००  ३ : २३ बजे