१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अनेमसंघ बाणगंगाको तीज मिलन तथा प्रशिक्षण कार्यक्रम



बाणगंगा, मायादेवी अनलाइन ।
तीजको अवसर पारी महिलाहरुले यतिखेर आफनो मौलिकता, परम्परा र संस्कृतिको जर्गेना गर्न भन्दै तिज विशेष कार्यक्रम गर्न थालेका छन् । महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जादा विभिन्न पार्टी निकट भातृ संगठनहरुले तीज मिलन तथा पार्टी प्रशिक्षण कार्यक्रमलाई जोड दिएका छन् ।

सोही अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ नगर कमिटी बाणगंगाले तीज मिलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । करिब १ सयबढि महिलाहरुको सहभागीतामा तिजको अवसर पारी महिलाहरुको अधिकारको पैरवी, जमघटसंगै पार्टी प्रशिक्षण कार्यक्रम संचालन गरिएको नगर अध्यक्ष गीता भुसालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले तीज पर्वलाई महिलाहरुले आफनो परम्परा र संस्कृतिलाई संरक्षण गर्दै सामाजिक रुपान्तरणमा टेवा पूग्ने गरी सन्देश दिनुपर्ने बताउनुभयो । उहाँले चाडपर्वको नाममा शहर बजारमा तीज भड्किलो बन्दै गएकाले त्यस्ता गतिविधि नगरी महिला आन्दोलन र मुक्ति संग जोडेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपाने, जिल्ला पार्टी अध्यक्ष डम्मर शर्मा लगायतले तिज धेरै महंगो र खर्चिलो भएकाले यसलाई निरुत्साहित गरी महिला अधिकारसंग जोडेर लैजानुपर्ने विचार व्यक्त गर्दै तिजको अवसरमा शुभकामना दिनुभयो।

कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, प्रदेश कमिटि सदस्य विमला चौधरी लगाएतका महिला नेताहरुको उपस्थिती थियो । सोहि अवसरमा प्रदेश कमिटि सदस्य धनु अधिकारीले तीजको शुभकामना दिदै सन्देशमुलक गित प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम नगर कमिटी अध्यक्ष गिता भुसालको अध्यक्षता, सचिव शोभा पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य तारावन्ती थारुले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८० शनिबार ००:००  ८ : ३४ बजे