१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सर्पको डसाईबाट कपिलवस्तुमा १८ बर्षीय किशोरको ज्यान गयो



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुमा सर्पले डसाईबाट एक किशोरको ज्यान गएको छ ।

जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको ज्यान गएको हो । उनलाई बुधबार करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोेकेको थियो ।

सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियोे । गोरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटोमै ज्यान गएको जनाइएको छ ।

जिल्लामा गर्मीयामसँगै सर्पको डसाईबाट झण्डै एक दर्जनले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८० शुक्रबार ००:००  १ : २० बजे