१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगामा छोराले बुवाको हत्या गरे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगङ्गा वडा नं. ८ पुलचोकमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । मदिरा सेवन गरेका उनले रिसको झोकमा आफ्नै बुबालाई चिर्पट दाउरा प्रहार गरेका हुन ।

मंगलबार अन्दाजी २५ वर्षीय ‘लुरे’ भन्ने छोरा भुवन दर्जीको दाउरा प्रहारबाट अन्दाजी ६२ वर्षीय बुवा बल बहादुर दर्जीको मृत्यु भएको हो । बुवा – छोराबीच विगतमा पनि झगडा हुँदै आएको थियो ।

चिर्पट दाउराले हानेपछि गम्भीर घाइते भएका बुबा बल बहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

लुरेलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८० मंगलबार ००:००  १२ : ११ बजे