१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीका मुख्यमन्त्री चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त



बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसका नेता बस्नेतलाई मुख्यमन्त्री चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची–२ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरेका हुन् ।

बस्नेतले आइतवार पदभार समेत ग्रहण गरेका छन् ।

बस्नेतले सहायक मन्त्री सरह सेवा सुविधा पाउने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ६ : ४४ बजे