१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्यूठानमा ३ सय ५० वढी कार्यकर्ता एकीकृत समाजवादीमा समाहित



प्यूठान ।
प्यूठानको जुम्रीमा भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय ५० वढी नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) समाहित भएका छन् ।

एकीकृत समाजावदीद्वारा प्यूठान जिल्ला जुम्रीमा आयोजना भएको जिल्ला स्तरीय विशाल कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले सहितका विभिन्न पार्टीका कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आव्हान गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अन्तर्गतको नेपालले नेता भन्दा नीति प्रधान रहेको बताउनु भयो ।

उहाँले अबको बाटो समाजवाद नै हो नेपाली जनताको वर्तमान आवश्यकता र भविष्य सुनिश्चित गर्नका लागि सबै नेपाली समाजवादको महान् यात्रामा लामवध्द हुनुपर्नेमा जोड् दिनुभयो । समाजवादको कार्यन्वयनले नै अबको राजनीतिलेसही दिशा लिने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ९ आश्विन २०८० मंगलबार ००:००  ८ : ४५ बजे