१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुर्गा प्रसाईँमाथि दलियो कालोमोसो



काठमाडौँ ।
राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८० सोमबार ००:००  ४ : १७ बजे