१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हालान्ड चम्किँदा नर्वेको फराकिलो जीत



काठमाडौं ।
सन् २०२४ मा जर्मनीमा हुन गइरहेको युरोकप फूटबलको छनोटमा नर्वे र स्पेन विजयी भएका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्ड चम्किँदा नर्वेले सानदार जित दर्ता गरेको छ ।

नर्वेले बिहीवार राति घरेलु टोली साइप्रसमाथि ४–० को फराकिलो जीत दर्ता गरेको हो । नर्वेको जितमा हालान्डले २ गोल गरे । यस्तै एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले पनि समान १–१ गोल गर्न सफल भए ।

यही समूहको अर्को खेलमा घरेलु टोली स्पेनले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । स्पेनको जितमा अल्भारो मोराटा र ओइहान सानसेटले १–१ गोल गरेका हुन् ।

यस जितसँगै स्पेन ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पहिलो हार बेहोरेको स्कटल्यान्ड पनि १५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

यसैगरी समूह ‘डी’को खेलमा लात्भियाले अर्मेनियालाई २–० ले हराउँदा क्रोएसिया भने घरेलु मैदानमा टर्कीएसँग १–० ले पराजित भएको छ ।

त्यस्तै समूह ‘ई’मा अल्वानियाले चेक रिपब्लिकलाई ३–० ले पराजित गर्दा फारोई आइल्यान्डविरुद्ध पोल्याण्डले २–० गोल अन्तरको जीत तर्दा गरेको छ ।

यस्तै समूह ‘आई’मा एन्डोरालाई कोसोभोले ३–० ले हराउँदा बेलारुस र रोमानियाले गोलरहित बराबरी खेलेका छन् ।

यस्तो छ बिहीवार राति भएका ८ खेलको नतिजा:

प्रकाशित मिति : २६ आश्विन २०८० शुक्रबार ००:००  ८ : ४२ बजे