१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मास्की



बुटवल ।
​​लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएकाले मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री फर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताए ।

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागी हुने अमेरिका जान लागेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ६ : १६ बजे