१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साताव्यापी भियतनामको भ्रमणमा कृषि मन्त्री भुसाल



काठमाडौं ।
इन्टरनेशनल राइस फेस्टिबलमा सहभागी हुन संघीय कृषि तथा पशुपन्छी बिकास मन्त्री डा। बेदुराम भुसाल भियतनाम पुगेका छन् ।

धान उत्पादनमा निकै प्रगति गरेको भियतनाममा पुगेका मन्त्री भुसालले त्यहाँका उप-प्रधानमन्त्री, कृषि मन्त्री, उद्यमशिलताका लागि खोलिएका बैंक तथा बित्तीय संस्थाका प्रमुखसङ्ग मन्त्री भुसालले छुट्टाछुट्टै भेट गरेका छन् ।

भेटमा मन्त्री भुसालले भियतनामले कृषिमा गरेको प्रगतिको प्रसंशा गरेका थिए ।

बिशेष गरी भियतनामले बिउ र प्रबिधिको क्षेत्रमा अधिकतम प्रगति गरेको छ । नेपाल पनि भियतनामसङ्ग कृषिको बिषयमा प्रबिधि र बिउमा सहकार्य गर्न चाहेको बताएको भ्रमणमा सहभागी मन्त्रीका स्वकीय सचिव सुशील भट्टराईले बताए ।

जवाफमा त्यहाँका मन्त्रीले आफूहरू सहयोग साटासाट गर्न तयार रहेको बताएका थिए ।

कम्युनिस्ट मुलुक भियतनाममा रहदा मन्त्री भुसालले कृषिमा त्यहाँ भए गरेको कामहरूको अवलोकन गर्ने कार्यक्रम छ ।

मन्त्री भुसाल यहीँ शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ मंसिर २०८० शुक्रबार ००:००  ८ : १४ बजे