२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा सम्पन्न



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय १३ किलोमिटर लामो पैदल यात्रा गरेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएपछि दबाबस्वरूप यो पैदलयात्रा गरेको रास्वपाले जनाएको छ ।

३ वर्षमा काम सक्ने गरी २०७५ साल माघमा ठेकेदार कम्पनीसँग सम्भौता भएको सडकको ५ वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ । यात्राका क्रममा स्थानीयवासीले रास्वपाको टोलीलाई स्वागत गर्दै बाटो नबन्दाको समस्या सुनाएका थिए ।

यात्रा सकिएपछि भएको कार्यक्रममा सभापति लामिछानेले बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाब दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो दबाब यात्रा कुनै राजनीतिक अभियान नभएको पनि बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ हुँदा यो बाटो भएर हिँड्ने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : १२ पुस २०८० बिहिबार ००:००  ८ : ५१ बजे