९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक



काठमाडौँ ।
माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उनले बताए ।

‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समिक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ’, उलने भने । फागुनको पहिलो साता हुन लागिएको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो ।

समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : २५ पुस २०८० बुधबार ००:००  २ : १३ बजे