१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

दाङमा एक हजार बढी एकीकृत समाजवादी प्रवेश गरे



दाङ।
दाङमा एक हजार बढी नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

शुक्रबार दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ लमहीमा भएको एकीकृत समाजवादीको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद ९जबज०को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।

जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने उनले बताए । एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजबादी जागरण अभियानले समाजमा भावनात्मक सम्वन्ध कायम गर्ने बताए ।

पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ८ : ५५ बजे