१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यातायात मन्त्री ज्वालाले भनेका थिए-‘धानखोला सडकखण्डको विजोग अवस्थाले चिन्तित छु’



दीपक अनुरागी, कपिलवस्तु।
महेन्द्र राजमार्गमा पर्ने कपिलवस्तुको धानखोला–सुरही चुरे क्षेत्र हो । यो क्षेत्रमा बुधबार राति यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन्, भने ३० जना घाइते भएका छन् ।

घनाघोर जंगलसँगै चट्टानका पहाड हुँदै सवारीसाधन पूर्व पश्चिम गुड्छन् । यो क्षेत्र दुर्घटनाका हिसाबले अत्यन्तै जोखिमपूर्ण छ ।

सडकको दुरावस्थाका कारण कपिलवस्तु (सकिदै गर्दा) को यो सडकखण्ड जोखिमपूर्ण रहेको हो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा पर्ने यो स्थानमा बेला–बेला सडक दुर्घटना भइरहन्छन् । पूर्वबाट पश्चिमको यात्रा गर्दा कपिलवस्तु सकिएर दाङको कालाकाटेसम्म सडकको क्षेत्र पूरै पहाडमा पर्छ । पूर्व–पश्चिम राजमार्ग हुँदै बुटवल देखि महेन्द्रनगरसम्म पुग्दा भेटिने पहाड भनेकै यहीँ क्षेत्र हो ।

चन्द्रौटा देखि लुम्बिनी प्रदेश मुकाम राप्ति उपत्ययको भालुवाङ पुग्न ३८ किलोमिटर छ । यसमा झण्डै ९० प्रतिशत भू–भाग चुरे पहाडमा पर्छ ।

पश्चिम हुँदै पूर्व आउने एक मात्र ‘लाइफलाइन’का रुपमा रहेको यस सडकखण्ड दुईलेनको छ । बर्खामा पहिरोको कारण घण्टौ सवारीजाम हुन्छ । बर्खामा हिलाम्मे खेपिरहेका यात्रु हिउँदमा धुलाम्मे सडकका कारण सास्ति खेप्न बाध्य छन् ।

कपिलवस्तुमा पर्ने यो सडकखण्डको अधिकांश स्थानमा घनाखोर जंगल र बेग्रानले बनेको पहाड छ । सडक वरपर छिटफुट खरले छाएका घरहरु छन् । पाइलैपिच्छे पर्ने घुम्तीहरु उत्तिकै जोखिमपूर्ण छन् । सडक मुनितिर सुरही खोला बगिरहेको हुन्छ । हिउँदमा खासै पानी नहुने यो खोलामा बर्खामा प्रयाप्त पानी हुन्छ ।

सडकको दुरावस्थाबारे मायादेवी अनलाइनले एक बर्ष अगाडी माघ १९ मा समाचार प्रकाशन गरेको थियो ।

पढ्नुहोस् योधुलाम्मे लुम्बिनी प्रदेश राजधानी प्रवेश गर्ने सडक, बनाउने तर्फ कसैको ध्यान छैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि उच्चपदस्त कर्मचारी हिँडडुँल गर्ने यो सडक बनाउने गुञ्जायस खासै कसैमा छैन् ।

घनाघोर वस्ति नुहँदा नेताको प्राथमिकतामा सडकखण्ड परेन् भने सिंगो मुलुकको विकास चाहनेका लागि पनि यो सडकखण्ड उत्रिसारो महत्वको छैन् । एकाताका अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले यो सडकखण्ड बनाइदिने खुबै चर्चा थियो । एमसीसी सम्झौता भएको एक बर्ष बढी हुँदासमेत काम हुन नहुने केही भन्न सकिने अवस्था छैन् । सम्झौता अनुसार यो सडकखण्डको आधा भाग उसैले बनाउने उल्लेख छ ।

हनल बुटवल देखि चन्द्रौटासम्मको सडकखण्ड फोरलेनका हुँदैछ । तर चन्द्रौटा देखि भालुवाङसम्मको यो खण्ड कहिलो फराकिलो बन्छ अन्यौल छ ।

यातायात मन्त्री ज्वालाले भनेका थिए, ‘सडकको विजोग अवस्थाले चिन्तित छु’
गएको मंसीर ३० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यो सडकखण्ड हुँदै यात्रा गर्ने अवसर पाए । कपिलवस्तुको शिवपुर हुँदै शिवगढी जोड्ने सुरही पुल उद्घाटन गर्नका लागि मन्त्री ज्वाला नेपालगञ्जदेखि यहाँ आएका थिए । पुल उद्घाटन समारोहमा लम्बेतान भाषण गरेका उनले यो सडकखण्डको दुरावस्थाबारे बोलेका थिए ।

पढ्नुहोस् योठेकेदारलाई भुक्तानी दिन नसकेकोमा पीडा बोध छः मन्त्री ज्वाला

मन्त्री ज्वालाले राजमार्गको धानखोला सडकखण्डको स्थिति सुधार गर्नुपर्नेमा जोड दिदैं भनेका थिए, ‘म यस बाटोको अवलोकन गर्नेगरी नेपालगञ्जबाट सवारी चढेर आएको हुँ । सडकखण्डको विजोग अवस्था देखेर म निकै चिन्तित छु ।’

सडक विभागका महानिर्देशकलाई साक्षी राखेर मन्त्री ज्वालाले यो सडकखण्ड सुधार्नका लागि निर्देशन दिएका थिए ।

ठेक्का लागेको स्थानमा छिटो काम सकाउने गरी ठेकेदारलाई निर्देशन गर्न र नलागेको ठाउँमा सडक स्तरउन्नति गर्ने गरी काम अगाडी बढाउन उनले निर्देशन दिएका हुन् ।

बुधबार रातिको बस दुर्घटना
बुधबार राति महेन्द्रनगरबाट पूर्व आउँदै गरेको यात्रु बस दुर्घटनाग्रस्त हुँदा १० जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।

मृतक १० जना मध्ये यो समाचार लेख्दासम्म एक जनाको मात्र सनाखत भएको छ । मृतक १० जना मध्ये रौतहट पहुराही नगरपालिका ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारीको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख अनिश भण्डारीले मायादेवी अनलाइनलाई बताए ।

घाइतेको पहिचान खुलेको छ । बस के कति कारणले दुर्घटनामा परेको हो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित हुँदा बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८० बिहिबार ००:००  ९ : ४० बजे