१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

गत वर्षभन्दा १४१ अर्बपति बढे



काठमाडौं ।
वितेको वर्ष अर्बपतिहरूका लागि उत्साहजनक वर्ष रहेको छ किनकि विश्वभर सेयर बजारले विभिन्न मुलुकमा भइरहेका युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई छायामा पारेको छ ।

विश्व प्रसिद्ध पत्रिका फोब्र्सका अनुसार हाल विश्वमा २,७८१ डलर अर्वपतिहरु रहेका छन् । जुन गत वर्षको तुलनामा १४१ बढी र २०२१ कोभन्दा २६ जना बढी हुन् ।

फोब्र्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढि कमाएर उनीहरुले किर्तिमान कायम गरेका छन् ।

डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन्। चीनका ४७३ र भारतका २ सय जना छन्।

अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरू एक वर्ष अघि भन्दा बढी धनी भएका छन् भने एक चौथाइको मात्र धन घटेको छ ।

नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर रहेको उल्लेख छ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  ९ : १७ बजे