५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

कांग्रेसको चेतावनी- सरकारले बलजफ्ती गरे सदन चल्दैन



काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा उनले भने, ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।’

सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन नचल्ने शर्माले चेतावनी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  ११ : ४५ बजे