१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा



काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

गत फागुन २१ गते केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो ।

मुख्यमन्त्री पाण्डेले भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा विश्वास प्राप्त नहुने देखेपछि उनले पदबाट राजीनामा दिएका हुन् । पाण्डे २०८० साल वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । यहाँ बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  १२ : २० बजे