२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

दाङमा दुई यात्रुवाहक बस एक–आपसमा ठोक्किए



दाङ ।
दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको छ। लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एक–आपसमा ठोक्किँदा केही यात्रु घाइते भएका छन्।

घाइतेको यकिन विवरण आइनसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुवै बसमा सवार रहेका केही यात्रु घाइते भएका छन्। सामान्य घाइतेको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ।

बुटवलबाट सुर्खेत जाँदै गरेको लु।१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा।१ख २५८१ नम्बरको यात्रुवाहक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २१ चैत्र २०८० बुधबार ००:००  १२ : ४९ बजे