१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

लुम्बिनीमा शुरु भयो शान्तिपर्व



लुम्बिनी ।
भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति पर्व शुरु भएको छ,जसमा मुख्यगरी अन्तर्राष्ट्रिय शान्ति म्याराथुन,अन्तर्राष्ट्रिय ध्यान दिवस र शान्ति कन्सर्टजस्ता कार्यक्रम समावेश गरिएको छ ।

सो कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ । कार्यक्रमको निम्ति चीनदेखि कलाकार,खेलाडी,बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । कार्यक्रममा सामेल हुन हिजै साँझ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको टोली लुम्बिनी पुगेको र आज उद्घाटनलाई सम्बोधन गरिसकेको स्थिति छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य, पर्यटन बोर्डका प्रतिनिधिसहितलाई दायाँबायाँ राखेर राजदूत छन सोङ्गले बिश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे भर्खरै मन्तव्य दिएको प्राप्त समाचारमा जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड,काठमाडौंस्थित चिनियाँ दूतावास,लुम्बिनी विकास कोष,नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त तत्वावधानमा आज र भोलि हुने कार्यक्रमका सहआयोजकहरुमा नेपाल ओभरसिज चाइनिज एशोसिभोलि लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एशोसिएसन छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  १ : ०२ बजे