१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी : पूर्वप्रधानमन्त्री नेपाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताए। उनले भने ‘गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक छ। देश भ्रष्टाचारले ग्रस्त बन्दैछ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दै आएको उनले जिकिर गरे।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  २ : ०१ बजे