१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सुनको मूल्य एक लाख ३५ हजार



काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। आज छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार ६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८० आइतबार ००:००  १२ : ०८ बजे