१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

चैत्र २९ गते सार्वजनिक विदा



काठमाडौँ ।

नेपाल सरकारले भोलि चैत्र २९ गते बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल फित्र ( इद ) को अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्‍त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूला पर्वहरु मध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०८० बुधबार ००:००  १ : ४२ बजे