१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी



बर्दिया।
नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् । दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए ।

सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नैनबहादुर खत्री १६८ मत मात्र ल्याउन सके । उपसचिवमा लहनु थारु १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउन ल्याएको निर्वाचन समितिले जनाएको छ ।

अर्को उपसचिवमा सङ्गीता थारु १८८ मतका साथ विजयी भइन् । थारुका प्रतिस्पर्धी मन्जुर शर्माले १५० मत मात्र ल्याइन् ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए । बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लीला गिरीले १०५ सदस्यीय जिल्ला कमिटी बन्ने बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१ बिहिबार ००:००  ३ : १० बजे